दफा ३४
थप सुविधा

(१) भैपरी आउने बिदा, पर्व बिदा र विरामी बिदा बाहेक अन्य कुनै पनि बिदा नलिई तीन वर्ष बिताइसकेको प्रधान न्यायाधीश वा न्यायाधीशले आफूले पकाएको घर बिदामा आफ्नो घर जाँदा र घरबाट फर्कदा यो ऐन बमोजिम निजले पाउने दैनिक तथा भ्रमण भत्ताको आधाको दरले दैनिक तथा भ्रमण भत्ता पाउनेछ ।

तर प्रधान न्यायाधीश वा न्यायाधीशका परिवारका सदस्यले यस उपदफा बमोजिम दैनिक तथा भ्रमण भत्ता पाउने छैन ।

(२) प्रधान न्यायाधीश वा न्यायाधीशको पदमा बहाल छँदै मृत्यु भएकोमा लिन बाँकी तलब तथा उपदफा (१) बमोजिमको रकम निवृत्तभरण वा उपदान पाउने निजको परिवारको सदस्यले पाउनेछ ।